जेठ १७, दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ४० वर्षीय पुरुषको मृत्यु भएकोे जानकारी दिएकी हुन । उनको क्वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान १० बजे मुत्यु भएको उनले बताईन ।
उनी १० दिन अघि भारतवाट आएका थिए। भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने भनिएको नगरप्रमुख भण्डारीले बताए ।