• २०८३ जेष्ठ ५ गते मङ्गलवार

रोल्पामा चट्याङबाट दुईजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, रोल्पा । रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । शुक्रबार त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

चट्याङले दुवैजना बेहोस भएका दुबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अस्पताल पुर्याउन नपाउँदै उनीहरुको मृत्यु भइसकेको अस्पतालले जनाएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस