जेठ १६ काठमाडौँ, । नुवाकोटका कोरोना संक्रमित ३८ वर्षिय युवाले कोरोना युद्ध जितेर घर फर्कनुभएको छ । नुवाकोट ककनी गाँउपालिका वडा नं. ३ का नवराज ढुङ्गानाले कोरोना भाईरसलाई जितरे आज अस्पतालबाट डिस्चार्ज भएका हुन ।

काठमाडौ नगरपालिकाको समन्वयमा सिसडोलमा गत जेठ ६ गते गरेको कोरोना परीक्षणमा उहाँमा कोरोना परीक्षण पोजेटिभ देखिएको थियो । जेठ ११ गते कोरोना संंक्रमण भएको पुष्टि सगैँ उहाँ डाक्टरहरुको सम्पर्कमा टेकु अस्पताल हुनुहुन्थो । लगातार कोरोना टेस्ट गर्दा कोरोना नेगेटिभ आएपछि उहालाइ घर पठाईएको हो । यससगैँ नूवाकोटमा अब कोरोना सङ्क्रमित कोही हुनुहुन्न ।