• २०८३ बैशाख २१ गते सोमवार

कोरोना भाइरसका कारण १ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, ललितपुर । ललितपुरका एक ५९ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका वडा नम्बर-२२, बुङ्‌मती निवासी ती बिरामीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ती पुरुषमा ज्यान गएपछि कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालमा भर्ना भएदेखि नै आइसियुको कक्षमा थिए।

मृतकको शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु भएपनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस