• २०८३ बैशाख ५ गते शनिवार

संविधान संशोधन प्रक्रिया : राप्रपाले पक्षमा मतदान गर्ने (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनको प्रयोजनका लागि संसद्‍मा पेस भएको विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले संविधान संशोधनको प्रयोजनका लागि संसद्‍मा पेस भएको विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

राप्रपाका केन्द्रीय सचिवालय प्रमखुद्वय धुव्रबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार राप्रपाका त्रय अध्यक्षहरुको आज बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसद्‍मा पेस भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

विज्ञप्ती

Image

Sharing

प्रतिक्रिया दिनुहोस