जेठ १४, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सिमा प्रहरी चौकि महेशपपुरमा कार्यरत प्रहरी निरिक्षक महेश्वर उपाध्याको नेतत्वमा गएको गस्ति टोलिले पाल्हिनन्दन गाउपालिका वडा न २ मुडेराबाट २ लाख १३ हजार ७ सय ७० रुपैया बराबरको अबैध रुपमा तस्करीका सामानहरु बरामद गरेको छ ।

१लाख १७ हजार ६ सय मूल्य बराबरको ४९ कार्टुन कुखुराको चल्ला ,९ हजार बराबर युरिया र ८७हजार १७ रुपैया बराबरको हार्डवयरको सामान र कपडा रहेको निरिक्षक उपाध्याले बताउनु भयो।
कपडा, हार्डवेयर सामान ,युरिया लगायतका सामान महेशपुर भन्सार कार्यालयलाई आवश्यक कार्वाहीका लागि बुझाएकोे छ । फागुन १ गते जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सरुवा भई सिमा प्रहरी चौकि महेशपुरमा आउनु भएका उपाध्यायको सक्रियतामा यस क्षैत्रमा तस्करी नियन्त्रण आउन थालेका छ । कुखराको चल्लाहरुलाई पत्रकार, पशुक्वारेन्टाइन ,स्थानिय ,जनप्रतिनिधि लगायतको रोहबरमा नष्ट गरिएको छ ।
सिमा नाकाबाट भईरहेको तस्करी रोक्नु मुख्य योजना रहेको उपाध्यायले बताए । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख अजय केसि ले जिल्लामा रहेका आम जनताहरुलाई शान्ति सुरक्षा ब्यवस्थापन मा २४ सै घण्टा प्रहरी सुरक्षा दिन तयार रहेको बताउनु भयो। प्रहरी प्रमुख केस ले सुरक्षा चुस्त दुरुस्त बनाउन कुनै कसर बाकि नराख्ने समेत बताए । जनताको सुरक्षा ,तस्करी नियन्त्रण, गुण्डागर्दि नियन्त्रण, लागुपदार्थ नियन्त्रण तथा रोकथाम लगायतका कुरा मुख्य योजना रहेको बताए ।