जेष्ठ १४, काठमाडौँ । जाजरकोटको भेरी नदीमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव कुदु भन्ने नदीमा तैरिएको अवस्थामा गोताखोरले फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको होे । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुग्नुभएका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नवराज विकसहित तीन युवाले ज्यान गुमाएको हुन । सोमबार बेलुकी जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. ४ का का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो । घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका सोही ठाउँका २१ वर्षीय नवराज विकको र रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टीकाराम सुनारको शव आइतबार बिहान सानी भेरी नदी किनारमा फेला परेको थियो ।
घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एक जना प्रहरी निरीक्षकको कमाण्डमा थप दुई जनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ ।