• २०८३ बैशाख १४ गते सोमवार

बेपत्ताको गोताखोरबाट खोजी सुरु

रेशम बहादुर खड्का पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, जाजरकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँ घटनामा बेपत्ताहरुको गोताखोरबाट खोजी सुरु भएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले आज विहानदेखि भेरी नदीमा खोजी कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शम्सेरगञ्जका गोताखोर प्राविधिक टोलीले खोजि सुरु गरेको शस्त्र प्रहरी गुल्मा जाजरकोटका डिएसपी यज्ञ बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी गुल्म जाजरकोटका डिएसपी यज्ञ बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी रुकुम पश्चिमबाट समेत टोली परिचालित भएको छ । घटनामा जाजरकोट जिल्ला भेरी नपा–११ का तीन जना क्रमशः १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही र २१ वर्षीय सञ्जु बिक हालसम्म घरपरिवारको सम्पर्कमा नभएपछि भेरी नदीमा बेपत्ता भएको आशंकामा खोजी कार्य सुरु गरिएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस