बैशाख १३ मुगु । अपांग पुनस्थपना तथा ग्रामिण विकास केन्द्र डार्डो नेपाल मुगले कोरोनाको विपद्मा परेका गरिब तथा श्रमिकहरूको सयोगार्थ स्थानीय तहलाई नगद सहयोग गरेको छ । उक्त संस्थाले समुदायलाई खाद्यान्न लगायत अन्य आवश्यकिय स्वास्थ्य सामग्री सहयोगका लागि जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाको विपद् कोषमा रु ४८ हजार रुपैयाँ सहयोग गरेको हो ।

कोरोना भाइरसको कारण आक्रान्त अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न नगरले स्थापना गरेको राहतकोषमा रकम जम्मा गर्ने निर्णयअनुसार मंगलवार स्थानीयतहको विपद् कोषमा जम्मा गरिएको अपांग पुनस्थपना तथा ग्रामिण विकास केन्द्र डार्डो नेपाल मगुले जनाएको छ ।
राज्यले लकडाउन घोषणा गरेकाले समुदायमा भीडभाड गर्नुभन्दा सरकारी प्रणालीमार्फत सहयोग गरेको अपांग पुनस्थपना तथा ग्रामिण विकास केन्द्र डार्डो नेपालका अध्यक्ष सक्क बुढाले बताए । ‘एक व्यक्ति र एक संस्थाले आ–आफ्नै ढंगले सहयोग गर्दा जनतालाई हात्तीको मुखमा जिरा हाले जस्तै हुन्छ, त्यसैले राज्यले तयार गरेको विधिमार्फत गएर सहयोग गरेको ब्ढाको भनाई रहेको छ ।
जिल्लामा रहेका चार वटा स्थानिय सरकारहरूले आ–आफ्नो पालिकाको नाममा राहत कोषको स्थापना गरी उक्त कोषमा सहयोग गर्न सरकारी, गैर सरकारी संघ सस्था र समाजसेवी लगायतलाई आव्हान गरेपनि हालसम्म छायाँनाथबाहेक कसैले राहत कोषमा सहयोग गरेका छैनन् । ‘विपद्को घडीमा जिल्लामा कार्यक्रम गर्ने गैर सरकारी संघ संस्थाहरूलाई आफ्ना तालिम र गोष्टीजस्ता कार्यक्रम कटौती गरेर राहत कोषमा सहयोग गर्न आग्रह गरेको छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए ।