• २०८३ असार १६ गते मङ्गलवार

धनुषामा हतियारसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले शहीदनगर नगरपालिकाबाट आइतबार कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र त्यसै ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साहलाई हतियारसहित पक्राउ गरेको छ । मोटरसाइकलमा आएका उनिहरुलाई चेक जाँच गर्दा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको हो ।

शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले बताए । पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस