जेठ ४, काठमाडौं । थप ३ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
विराटनगरका २९ र ३६ वर्षका र धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भैसकेको छ ।