जेठ २, काठमाडौं । आज दिउँसो देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भु(भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ। जसका प्रभावले देशको मध्य तथा पूर्वी भू-भाग र पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको देखिन्छ ।
महाशाखाका अनुसार देशका मध्य र पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडी भु-भागका एकरदुइ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन सबैैमा अनुरोध गरेको छ।