• २०८३ बैशाख १७ गते बिहिवार

कोरोनाको कहर : पत्रकार पौड्यालद्धारा विपन्न घर परिवारलाई राहत सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ३१, मुगु । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ ले गर्दा अहिले देश लकडाउनमा रहेको छ । छाक टार्न धौ धौ भएका नागरिक लाई विहान वेलुका के खाने भनेर चिन्ताले पिरोलीने गरेका छन् । एकातिर कर्णालीका जिल्लामा प्रदेश सरकारले शिल समेत गरेको छ । यहाका नागरिक लाई एक छाक भोको पेट पाल्न पनि गाह्रो परेको छ । यस्तै समस्या लाई मध्येनजर गर्दे बिहान बेलुकी छाक टार्न समस्यामा परेकालाई एक पत्रकारले घाउमा मलम लगाउने प्रयास गरेका छन् ।

अर्कोको खाडि मुलुकमा बसोवास गरि रहेका नेपाली फोटो पत्रकारको आर्थिक सहयोगमा मुगु जिल्लाका केही स्थानीयलाई राहत वितरण गरिएको छ । जिल्लाको एकमात्र छाँयानाथ रारा नगरपालिका भित्र रहेको १ देखि १४ वडाका ५६ जना अपांग, एकल महिला, विपन्न , असहाय , घरपरिवार लाई हाल नाइजेरियामा रहेका स्टोरिज अफ नेपालका नेपाली फोटो पत्रकार जय देव पौडेलको सहयोगमा १ लाख ७ हजार ८ सय ७५ मूल्य बराबरको राहत उपलब्ध गराईएको हो । नगरपालिकाका १ देखि १४ वडाका अपांग १७ एकल महिला १९ र १४ जना बेसाहरा तथा विपन्न प्रति व्यक्ति १५ किलो चामल, चार किलो दाल, एक लिटर खाने तेल, एक किलो नुन र तीन चक्की डिटोल साबुन घरमै पुगेर वितरण गरेको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

पत्रकार पौड्याले प्रदान गरेको राहत बुझेपछि छायानाथ नगरपालिका वडा नं १० की लाटि विकले सहयोगी दातालाई धन्यवाद प्रदान गरिन । लकडाउनका बेला छकल र वास के खाउला भनेर समस्या दर्शाइकि छन् । उनलेभनिन । २ हप्ताका लागि भएपनि ठूलो राहत तथा स्वरुप पुगेको उनको भनाई रहेको छ ।

सोही नगरपालिका-१० कि जनादेवी विकले पनि राहतले आफूलाई ठूलो सहयोग पुगेको बताएर लकडाउनमा विपन्न व्यक्तिलाई सानै भएपनि सहयोग गरौं भन्ने भावले रकम जुटाइ खाद्यान्न वितरण गरिएको स्टोरिज अफ नेपालका जयदेब पौडेलले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस