• २०८३ बैशाख २९ गते मङ्गलवार

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमितको संख्या बढेपछि एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका अनुसार जिल्लाभित्र समेत नियामक निकायले जारी गरेको पासका आधारमा मात्र हिड्न पाइने छ भने सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिवले दिएको, बैंक तथा वित्तिय संस्थाको हकमा राष्ट्र बै‌ंक लगायत नियमन गर्ने निकायले दिएको पास मात्र बैध हुनेछ ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो ।

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस