बैशाख ३०,दाङ । इलाका प्रहरी कार्यालय भालुवाङ्गले २ सय १५ लिटर अवैध घरेलुु मदिरा नष्ट गरेको छ । केही दिन अघि पूर्वबाट पश्चिमतिर जादै गरेको एउटा मालबाहक ट्रकबाट सो मदिरा गाडी जाँच गर्ने क्रममा फेला परेको इप्रका भालुवाङ्गले जनाएको छ ।
लक डाउनका समयमा ड्युटीमा तैनाथ सुरक्षाकर्मिहरुद्वारा उक्त अवैध घरेलुु मदिरा भालुवाङ्गकाे पूर्वपश्चिम राजमार्ग राप्ती पूल नजिक फेला पारेको प्रहरीले जनाएको छ । ३ जना महिला र १ जना पुरुषले मालवाहक ट्रकमा लुकाएर लैजादै गरेका साना ठूला गरि १५ वटा जर्किनमा मदिरा पक्राउ गगिरएकाे हाे ।
दाङ्गको राप्ती गाउँपालिका वडा न १ का वडाध्यक्ष ताराबहादुर डिसी, स्थानीय पत्रकार, समाजसेवी, बुध्दिजीवि र व्यापारीहरुकाे उपस्थितिमा मदिरा नष्ट गरिएकाे थियोे ।