बैशाख २९, काठमाडाैं । भारतले लिपुलेक अतिक्रमण गरेको विरोधमा आन्दोलनमा उत्रिएका युवा नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।आन्दोलनमा काठमाडौं जेसिजका कार्यकारी उपाध्यक्ष अनुप सुनुवारसहित उनका केहि साथीहरु पनि पक्राउ परेका छन् ।
उनीहरु सबैलाई प्रहरीले माइतीघरबाट सोमबार दिउसो पक्राउ गरेको हो । भारतले यसअघि लिपुलेकसहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यसविरुद्ध व्यापक विरोध भइरहेको छ।