• २०८३ मङ्सिर २ गते मङ्गलवार

कालिका साेप एण्ड केमिकलले नेपाल पत्रकार महासङ्घ काठमाडौलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २८, काठमाडाैं । कालिका साेप एण्ड केमिकलले नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखालाई करिब ३ सय वाेतल ह्यण्ड स्यानिटाइजर शाखा परिसर भृकुटीमण्डपमा हस्तान्तरण गरेको छ। काेराेना संक्रमणको जाेखिमलाई ख्याल गरि पहिलो घेरामा बसेर समाचार सङ्कल गर्ने पत्रकारहरुलाई केही मात्रामा भएपनि स्वास्थ्य सुरक्षा हाेस भनेर कालिका साेपका प्रतिनिधिले नेपाल पत्रकार महासङ्घ काठमाडौंका उपाध्यक्ष सुर्य सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेको हाे।
सामाग्री बुझ्दै शाखा उपाध्यक्ष सुर्य सुवेदीले प्राप्त सामाग्री पहिलो घेरामा रहेर समाचार सङ्कलन गर्ने पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर वितरण गर्ने बताए । उपाध्यक्ष सुवेदीले काेराेना संक्रमणको मौका छोपी विभिन्न मिडियामा कार्यरत पत्रकार हरुलाई कामबाट निकाल्ने,बेतलबी बस्न लगाउने जस्ता सुचना आएकाले त्यसाे नगर्न र श्रमजीवी पत्रकारको साथमा रहन सम्बन्धित मिडियालाई आग्रह गरे।
सुवेदीले भने संकटको घडीमा दाताबाट प्राप्त खाद्यान्न लगाएतका सामाग्री करिब २५० भन्दा बढी पत्रकारलाई सहयोग गरेको र अरु पत्रकारलाई पनि अफ्ठ्याराे परेको खण्डमा सहयोग गर्न शाखा तयार रहेकाे छ। कार्यक्रमकाे सञ्चालन शाखा सचिव माेहन पन्तले गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस