• २०८३ जेष्ठ ९ गते शनिवार

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको आरोपमा मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहान पक्राउ परेका हुन् । झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको भन्दै हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराएका थिए ।

प्रहरीले खोजी गर्दै जाँदा लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा उत्खनन गर्दा बिनुको शव फेला पारेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा हरिले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस