बैशाख २०, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको र पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाुखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। जसका प्रभाबले हाल देशको मध्य र पूर्वी भू-भागमा पूर्ण बदली रहि पश्चिमी भू-भागमा आंशिक वदली रहेको छ।देशका पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ।
आज दिउँसो देशको मध्य र पूर्वी भू-भागका साथै पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ।
यस्तै राती देशको पहाडी भू-भागमा सामान्य बदली तथा पूर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भू-भागका केहि स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।