बैशाख १५, काठमाडौं । आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू(भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ। जसको प्रभावले हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भू(भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू(भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध समेत गरेको छ ।