बैशाख १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिलेआज ति अध्यादेश खारेज गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गर्नुभएको हो । गत सोमबार राष्ट्रपतिद्वारा सरकारको सिफारिसमा दुवै अध्यादेश जारी गर्नुभएको थियो ।