• २०८३ कार्तिक २१ गते शुक्रवार

कोरोना पछिको नेपाली पर्यटन उद्योग र अबको हाम्रो रणनिती

उपप्रध्यापक काशीनाथ खनाल पढ्न लाग्ने समय : ४ मिनेट
कोरोनाको महामारिले सम्पुर्ण अर्थब्यवस्थामा नकारात्मक असर परिरहेको कुरा जगजाहेर नै छ। अन्य उधोग धन्दा कोरोनाको फैलावट बिस्तारै कम भए सङै आफ्नो लयमा फर्कने छन तर पर्यटन उघोग आफ्नो लयमा फर्कन निकै लामो समय लाग्न सक्छ।
माहामारिको कारणले गर्दा आउने केही समय सम्म बाह्य पर्यटक नेपाल आउने सम्भावना निकै कम छ। तसर्थ, हाम्रो पर्यटन उधोग सामन्य रुपमा चलायमान हुनका लागि नितान्त आन्तरिक पर्यटकमा भर पर्नु पर्नेछ। तर कोरोनाको कारणले धेरै नेपालिले आफ्नो रोजगारी गुमाएको, जेनतेन रोजगारी जोगिएकाहरुको हकमा पनि आय स्तर घटेको, स्वरोजगार अथवा प्रोफेसनलहरुको पनि आम्दानी घटेको, व्यापार ब्यवसाय पनि ठप्प अनि रेमिट्यान्स आप्रबाह पनि घटेकोले समग्र रुपमा सबै नेपालिको आय कम हुँदै गएको र हालको महामारिबाट आम मानिसमा आपत बिपतका लागि बचत गर्नु पर्ने चेत खुलेकोले आन्तरिक पर्यटकलाइ पनि आकर्षित गर्न गाह्रो हुन सक्छ। यस्तो विषम परिस्थितिमा हामी हाम्रो पर्यटन उघोगलाइ कसरी बचाउन सक्छौ त?पर्यटन क्षेत्रले लाखौ नेपालिलाइ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिरहेको छ।यदि समयमा उचित ध्यान पुर्‍याउन सकियन भने हाम्रो पर्यटन उघोग उठ्न नसक्ने गरि लथालिङ्ग हुन सक्छ।तसर्थ यसमा सरकार तथा निजि क्षेत्र सबैको ध्यान जान जरुरी छ। हाललाइ सरकार तथा निजि क्षेत्रले निम्नलिखित रणनितिक योजना तर्जुमा गर्दा हामी यो कहर बाट आफुलाइ जोगाइ राख्न सक्छौ ।
१) आउने केही समयका लागि नाफा भन्दापनी उधोग मा टिकिरहने रणनीतिक मुल्य तय गर्नु पर्ने देखिन्छ। हाल तोकिएको दर रेटमा भारी छुट अर्थात सामन्य सन्चालन खर्च बेहोर्न सक्ने गरि छुटको घोषणा गरौ।
२) हाम्रा होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरुमा स्थानिय स्तरका कृषि तथा पशुपालनबाट उत्पादित खाध्य सामाग्रीहरु मात्र प्रयोग गरौ। बिदेश महँगो सामान प्रयोग नगरौ। दैनिक मेनुलाइ किफायती बनाउ। यसबाट एकातिर कृषि तथा पशुपालन क्षेत्रमा नयाँ रोजगारी सृजना हुनेछन भने अर्को तिर सन्चालन खर्च कम हुन गई उधोगले प्रवाह गर्ने सेवा सुबिधा सस्तो हुनगइ आम नागरिकको पहुचमा पुग्ने छ।
३) घरबाहाल कर सरकारले छुट दिने र घरधनिले १०% देखि २०% सम्म घरबहालमा छुट दिने ब्यवस्था मिलाउ। यसले घरबहाल खर्च मासिक २०% देखि ३०% सम्म कम हुनेछ।
४) सस्तो दरमा कम्तिमा ५ बर्षे बैक कर्जाको ब्यवस्था गर्ने र यस्तो कर्जाको ब्याज १ बर्ष पछिबाटमात्र तिर्न मिल्ने गरि ब्यवस्था मिलाउने।
५) चालू आ व को सुरु देखि नियमित पारिश्रमिक कर भुक्तानी गरि रहेका कर्मचारिहरुको हकमा सम्बन्धित सस्थाको मासिक तलब विवरणलाइ आधार मानेर उक्त तलबमान को ५०% सम्बन्धित रोजगारदाताले, २५% सरकारले र २५% सम्बन्धित कर्मचारिले बेहोर्ने ब्यवस्था मिलाउ। सरकारले बेहोर्ने २५% तलब खर्च हाल को भिजिट नेपाल २०२० को लागि बिनियोजित बजेटबाट ब्यवस्था मिलाउन सकिन्छ। मजदुर को हकमा रोजगारी नै गुम्नु भन्दा २५% तलब कटौती को उपाय उचित हुन सक्छ।
६) होटल तथा रिसोर्ट का फुर्सतमा रहेका सेफहरु तथा अन्य मजदुरहरुको सिपलाई रोजगारी प्रबर्द्धन गर्न प्रयोग गरौ । उनिहरुलाइ होमस्टे तथा गाउँ गाउमा पाककला तथा पर्यटकको स्वागत सत्कार र ब्यवस्थापन कला सिकाउन प्रयोग गरौ।
७) प्रतेक महिनाको अन्तिम शनिबार पर्ने गरि हरेक महिना सरकारी तथा अन्य सङठित सस्थाहरुका कर्मचारिहरुलाइ कम्तिमा पनि २ दिन बिदा दिने ब्यवस्था गरौ। यसबाट आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सहज हुनेछ।
८) नेपाली नयाँ बर्ष मनाउन कम्तिमा एक हप्ता बिदा दिने ब्य्वस्था मिलाउ। यसले उक्त समयमा आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सकरात्मक प्रभाव पर्नेछ।
९) रोजगारी आय भएको प्राकृतिक ब्यक्तीको हकमा निजले आन्तरिक पर्यटनमा गरेको खर्च बाट तोकिएको निश्चित खर्चलाइ उक्त आय बर्षको आयकर गणना गर्दा खर्च समायोजन गर्ने सुबिधाको ब्यवस्था गरौ।
१०) हिमाल आरोहण का सहयोगी तथा पर्यटक सहयोगी अन्य मजदुरहरुलाइ ट्रेकिङ्ग रुटहरु निर्माण, मर्मत सम्भार तथा हिमाल सफाइमा लगाउ। यसले एकातिर मजदुरहरुको रोजगारीको निरन्तरता हुनेछ भने अर्को तर्फ हाम्रा पर्यटकिय स्थलहरु बिस्तारै बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बन्ने छन।
११) यो समयमा हाम्रा मठ मन्दिर, पुरातत्विक महत्वका स्थानहरु, पर्यटकिय स्थलहरुको मर्मत सम्भार गरौ। नयाँ नयाँ गन्तब्य स्थलहरुको पहिचान गरौ।

Sharing

प्रतिक्रिया दिनुहोस