• २०८३ मङ्सिर १ गते सोमवार

अलपत्र यात्रुहरुको उद्दारमा जुटिन राप्ती सोनारी गा.पा उपाध्यक्ष खत्री

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, बाँके । बाँके जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिकाकि उपाध्यक्ष धनमाया खत्रीको पहलमा काठमाडौंबाट पैदल हिडेर आएका यात्रुहरुलाई उद्दार गरिएको छ । विद्यमान लक डाउनलाई लक्ष गरेर स्थानीय सरकारहरुले वितरण गरेको राहतका कार्यक्रमहरु निकै विवादास्पद बनिरहेको वर्तमान सन्दर्भमा आफ्नो गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरिएकोमा त्यस्तो कुनै अनियमितता नभएको पनि उपाध्यक्ष खत्रीको दाबी रहेकोे छ ।

शुक्रबार दाङ र बाँकेको सिमाना शिव खोलाबाट उनीहरु सबैलाई खाजा र पानी ब्यबस्था गरि राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष चढने गाडी र टयाक्टर ट्रकमा राखेर गन्तव्यसम्म पु¥याईएको उपाध्यक्ष खत्रीले बताए। “लकडाउनमा पनि यति दिन लगाएर यहाँ सम्म आइपुगेपछि उहाँहरुलाई गन्तव्य सम्म पुर्याउनु उचित लागेर पठाइएको हो ।” राप्ती सोनारी गाउँपालिकाको उपाध्यक्ष खत्री आफुले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस