• २०८३ कार्तिक २९ गते शनिवार

कम्प्युटर अपरेटरको नक्कली शेक्षिक प्रमाणपत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा कार्यरत प्रभात ज्ञवालीले बढुवा हुने क्रममा पेश गरेको भारतीय शैक्षिक प्रमाण-पत्र नक्कली पाइएको छ ।

नक्कली प्रमाण-पत्र रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट नक्कली झुठ्ठा शैक्षिक प्रमाण(पत्र लिई सरकारी ओहदा पाउने उद्देश्यले पेश गरी कम्प्युटर (प्राविधिक) र अधिकृत द्वितीय (प्राविधिक) पदबाट सहायक स्तर प्रथम तह (नासु) कम्प्युटर अपरेटर र अधिकृत छैठौ (प्राविधिक) कम्प्युटर अधिकृत पदमा गरी दुई पटकसम्म बढुवा भई तलबभत्ता, सेवा सुविधा लिई गैरकानूनी लाभ लिएकोले पाइएको हो ।

उनको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाणित हुन आएकोले हुँदा निज तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवालीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस