• २०८३ जेष्ठ २७ गते बुधवार

चन्द्रागिरी नगरपालिका वडा नं १०मा राहत बितरण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं १० अन्तर्गत बोसीगाऊ साबिक १ वडा देखि ४ वडा सम्म राहत बितरण सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण देशमा लकडाउन भएदेखि देनिक ज्यालादारी मजदुरहरुलाई खाद्य जन्य बस्तुहरुको अभाब नहोस भनेर राहत वितरण गरिएको हो ।


दैनिक ज्यालादारी एवम् डेरामा बसेका र लकडाउनका कारण खाद्यान्य अभाव भएकाहरुलाई राहत विवरण गरिएको चन्द्रागिरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जनले जनाउनु भयो । १६४ जनालाई राहत वितरण गरिएको पनि उहाँले जनाउनु भयो ।

राहतमा चिउरा २ के.जी, चामल १० के.जी, दाल १ के.जि, नुन १ के.जि, खाने तेल १ लिटर, साबन २ वटा र चिनी १ के.जी वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा नेकपा चन्द्रागिरि नगरपालिका वडा नं १० वडा कमिटी अध्यक्ष शिव मर्हनजले बताउनु भयो । लकडाउनको समयावधि थपिएको अवस्थामा पछि पनि आवस्यकता अनुसार राहत वितरण गरिने युवा नेता मर्हजनले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस