चैत १६, रुपन्देही । कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने युवकको मृत्यु भएको भएको हो ।
मृतक युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भैसकेको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट आउन भने बाकी नै रहेको छ । उनी चैत ६ गते दुबईबाट फर्किएका थिए भने शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको आईसोलेनमा राखिएको थियो ।