• २०८३ जेष्ठ ३० गते शनिवार

महोत्तरीमा गोली प्रहार, एक घाईते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, महोत्तरी । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आइतबार बिहान गोली हान्दा गम्भीर घाइते भएका छन् ।

उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बिहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस