• २०८३ असार ७ गते आइतवार

लामबगरको सडक पिच हुँदै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमान्डौं । काठमान्डौंको तारकेश्वर नगरपालिका वार्ड न ८ अन्तर्गत पर्ने लामबगरको सडक पिच भएको छ । तारकेश्वर नगरपालिकाको अति महत्वको रुपमा हेरिएको शेषमती पुल, महादेब खोला हुँदै ध्रमस्थली तथा काभ्रेस्थलि जोडिएको सडक पिच भएको हो ।

आज पिच हुँदै गर्दा साच्चै नै अब यहाका जनताको लागि धेरै खुशिको कुरा भएको छन र अबका दिनमा यातायात तथा पैदल यात्रु आवत जावतमा सहज वातावरण हुनेछ । प्रत्यक्षरुपमा जनप्रतिनिधिको रोहबरमा सडक पिच गर्ने कार्य गरिएको छ । उक्त कामको निगरानिमा उपमेयर भवानी डोटेल, वडा नं. आठका वडा अध्यक्ष मनोज कुमार घिमीरे, वार्ड न आठका जनप्रतिनिधी मोहन खत्री, प्राबिधिक टोलि लगायत स्थानियको पनि बाक्लो उपस्थिती थियो । पिचको काम मापदन्ड अनुसार गराइएको छन भने सर्बसाधारण जनताले पनि खुशी ब्यक्त गरेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस