• २०८३ बैशाख १८ गते शुक्रवार

तुल्सीलाल स्मृती स्पोर्टस क्लब को १६ औं केन्द्रीय अधिबेशन सम्पन्न

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । तुल्सीलाल स्मृती स्पोर्टस क्लब को १६ औं केन्द्रीय अधिबेशन तथा प्रदेश कमिटि गठन गरिएको छ । कार्यक्रम प्रमुख अतिथी युवा तथा खेलकुद पुर्वमन्त्री एवं तुल्सीलाल स्मृति प्रतिष्ठानको केन्द्रीय अध्यक्ष गोपाल शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएके हो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिलु पन्त, पुरानो वामपन्थी नेता अष्टमान महर्जन, नेपाल खेलकुद महासंघका काठमाडौं जिल्ला अध्यक्ष केशव श्रेष्ठ, राष्ट्रीय युवा संघ नेपालको तीन नं प्रदेश कमिटि सचिबालय सदस्य दिपक थापा लगायतको उपस्थिती रहेको थियो ।

तुल्सीलाल स्मृती स्पोर्टस क्लब को १६ औं केन्द्रीय अधिबेशन १९ सदस्यीय केन्द्रीय कमिटि गठन गरीएको हो । जसमा अध्यक्ष सुरेन्द्र मान डंगोल, उपाध्यक्ष प्रतिक शाक्य, सचिब बिनोद महर्जन, कोषाध्यक्ष अशोक महर्जनका साथै सदस्यहरु सन्तोष अधिकारी, रोमस खतिवडा, नरेश गिरी, मन्जु भन्डारी लगायत निर्वाचित हुनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस