फागुन १,सुर्खेत । तत्कालिन नेकपा (माओवादी) नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइएको छ । जनयुद्ध सुरु भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता-कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन् ।

नेकपा क्रान्तिकारी (माओवादी) पनि आज सुर्खेतमा पच्चिस औँ जनयुद्ध दिवस मनाएको छ । प्रदेशको राजधानि सुर्खेतको विरेन्द्रनगरमा दिप प्रज्वलनसहित कोणसभा गरि भव्यरुपमा दिवस मनाएको छ । नेकपा क्रान्तिकारि माओवादिका पोलिटव्युरो सदस्य चक्रपाणी शर्मा (सी पि) ले द्धिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।
कोणसभालाइ सम्बोधन गदै पोलिटव्युरो सदस्य सि पी ले यतिबेला २०५२ साल फाल्गुण १ गतेको जनयुद्ध सुरु गर्दा पार्टिले अघि सारेका प्रतिवद्धता पुरा गर्न बाकि नै रहेको बताए । उनले भने सहिद वेपत्ता तथा घाइतेहरुका सपना अहिले पनि अधुरै रहेका छन् त्यसकारण जनयुद्ध अहिले पनि निरन्तरतामा रहेको बताए ।
जनयुद्ध कालको मुल नेतृत्व अब प्रर्तिक्रियावादमा पतन भइसकेपछि क.मोहन वैद्यको नेतृत्वमा अब सहिदहरुका अधुरा सपनाहरु पुरा गर्न लागि परेका छौ सधै लागि रहने छौ । सहिदहरुका अधुरा सपनाहरु पुरा गर्न क्रान्तिका बाकि कार्यवहाक पुरा गर्ने जिम्मेवारिसहित नेकपा (क्रान्तिकारि माओवादी) अघि बढेको बताए ।
अहिले देश खतरामा रहेको र सम्पुर्ण देशलाई माया गर्ने मानिसहरु एक हुनेवेला आएको नेता शर्माले बताए । त्यस्तै कृष्ण गुरुङ प्रकाश पौडेल प्रदिप माकुने विद्यार्थि नेता हिक्मत शाहि लगायत नेताहरुले सम्बोधन गरेका थिय । कार्यक्रम सञ्चालन कर्ण विसीले गर्नु भएको थियो भने सि पी शर्माले दिप प्रज्वलन गरि उद्घाटन् गर्नुभएको थियो ।