• २०८३ जेष्ठ ३१ गते आइतवार

दैलेख बार एसोसिएसनमा अधिकारी निर्वािचित

भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, दैलेख । बार एसोसिएसन दैलेखमा आज भएको अध्यक्ष पदको मतदानबाट माधवराज अधिकारी निर्वाचित हुनुभएको छ । कुल २० मतदाता रहेकोमा १५ जनाले गरेको मतदानमा अधिकारीले १२ मत प्राप्त गर्नुभयो । शिवराज दाहालले ३ मत पाउनुभएको थियोे ।

बार एसोसिएसन को १३ सदस्यीय जिल्ला कार्यसमिति पदाधिकारी सर्वसम्मतले चयन हुनुभएको छ । सर्वसम्मतिले चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष ललितबहादुर थापा, सचिव प्रेमबहादुर थापा, सहसचिव इश्वरकुमार प्याकुरेल र कोषाध्यक्ष टिकाराम थापा हुनुहुन्छ । कार्यसमितिका सदस्यहरुमा सुरेन्द्रकुमार अधिकारी, ललितबहादुर मल्ल, यामराज थापा, सर्वराज जोशी, टेकबहादुर केसी, हरिबहादुर केसी, दिपेन्द्रबहादुर थापा र दिर्घराज अधिकारी हुनुहुन्छ । दिर्घराज अधिकारी केन्द्रीय पार्षद पनि चयन हुनुभएको छ । २०४९ मा स्थापना भएको नेपाल बार एशोसियसन दैलेखको संस्थागत विकासको क्रममा अघिल्लो कार्यकाल बाहेक सधैंजसो सर्वसम्मतिले नेतृत्व चयन गर्दै आएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस