• २०८३ बैशाख १९ गते शनिवार

वन कार्यालयका अधिकृत २लाख घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, नवलपरासी । डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अघिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेली रु.२,००,०००/- घुस रकमसहित पक्राउ परेका छन ।

उनिहरुले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनिहरुलाई घुस लिइसकेको अबस्थामा पक्राउ गरेको हो । 

उनिहरुलाई उक्त रकमसहित जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

Sharing

प्रतिक्रिया दिनुहोस