• २०८३ बैशाख १७ गते बिहिवार

थप २८१७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ९४ हजार ४ सय ५३

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३, काठमाडौँ। थप २८ सय १७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ३ सय ११ नमुना परीक्षण गर्दा २८ सय १७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २८ सय १२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय ८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस