• २०८३ बैशाख २८ गते सोमवार

प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसमा सहभागी हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाइँदै आएको थियो । तर एकीकरणलगत्तै सो पार्टीले उक्त दिनलाई जनयुद्धसँगै जनआन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको हो । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर उनी कार्यक्रममा गएका थिएनन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् । बिज्ञप्ती जारी गरेर नै यसबारेमा जानकारी दिएको छ । जनयुद्ध दिवस धुम्बाराहीमा मनाउने निर्णय यसअघि नै पार्टीले गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस