• २०८३ बैशाख १९ गते शनिवार

काठमाडौंबाट थुनामुक्त गराइदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न १ व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौं । थुनामुक्त गराइदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने धनकुटा सहिदभूमि नगरपालिका-७ घर भएका ४२ वर्षीय टंक बहादुर राना मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

राजश्‍व चुहावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिन्छु भनी उनकै बुबालाई बिश्‍वास दिलाई करारनामाको कागज समेत गरी ४२ लाख रुपैयाँ ठगी गर्ने मध्येका मगरलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।
मगरलाई ठगी कसुरमा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस