• २०८३ बैशाख ५ गते शनिवार

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईमाथि ३१ रनको जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाए पछि खेल ३१ रनले हारेको हो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

यो जितपछि पाकिस्तानले सिरिजको ४ खेलमा ३ जितसहित फाइनलमा पुगेको छ । त्यस्तै युएईले भने सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको छ र फाइनलमा पुग्न असफल भएको छ । अब फाइनल अघि युएईले अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । त्यस्तै फाइनल खेल भने पाकिस्तान र अफगानिस्तान आइतबार खेल्ने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस