• २०८३ मङ्सिर १४ गते आइतवार

पुरुष फुटबलका सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरु जुम्लामा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं । दशौं रांष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् । नेपाली सेनाको सुर्खेतस्थित राजदल गणको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।

खेलको ५१औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६८औँ मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

खेलका क्रममा कोशी प्रदेशका जर्सी नम्बर १० का खेलाडी शौरभ लिम्बुले पँहेलो कार्ड पाएका थिए । बराबरीसँगै त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश दुवै टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । यसअघि एपीएफ र नेपाल पुलिस सेमिफाइनलमा पुगिसकेका छन् । योसँगँगै सेमिफाइनलको समिकरण पूरा भएको छ ।

सेमिफाइनलमा आर्मी र एपीएफ तथा कोशी र पुलिस भिड्ने छन् । अब सेमिफाइनल र फाइनल खेलहरु जुम्लामा संचालन हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस