मंसिर १२, काठमाडौं । दीपकप्रकाश बास्कोटाको जीवनी तथा योगदानमाथि आधारित ‘एक निष्ठावान यात्री’ नामक पुस्तक लोकार्पण गरिएको छ । शनिबार आयोजित विशेष समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले बास्कोटालाई प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन, सहकारी अभियान र उद्यमशीलताको क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वका रूपमा चित्रण गरे ।

उनले २०१७ सालको राजनीतिक घटनापछि प्रजातन्त्र पुनःस्थापनाका लागि देशभरका युवाहरू संघर्षमा उत्रिएको स्मरण गर्दै त्यसबेला बास्कोटाले पनि आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको बताए ।
उनले भने,‘ प्रजातन्त्रको पुनःस्थापनाका लागि भइरहेको आन्दोलनमा दीपकप्रकाश बास्कोटाको योगदान सराहनीय छ । त्यसपछि उहाँ सहकारी आन्दोलनमा लाग्नुभयो । सहकारी क्षेत्रलाई अगाडि बढाउन, त्यसका कानुन तथा नियमावली निर्माण गर्न र संस्थालाई संस्थागत रूपमा विकास गर्न उहाँले महत्त्वपूर्ण योगदान गर्नुभएको छ । त्यस्तै, कञ्चनजङ्घा टी स्टेट स्थापना गरेर किसानको उत्थान र मुलुकको आर्थिक विकासमा पनि उहाँले ठूलो योगदान पु¥याउनुभएको छ ।’
यादवले बास्कोटाको प्रजातान्त्रिक आन्दोलनमा रहेको योगदान सराहनीय रहेको उल्लेख गर्दै त्यसपछि उनले सहकारी अभियानमा पु¥याएको योगदानको प्रशंसा गरे । सहकारी संस्थाको विकास, कानुन तथा नियमावली निर्माण र संस्थागत नेतृत्वमा बास्कोटाले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
बास्कोटाले १८ वर्षसम्म सहकारी क्षेत्रको नेतृत्व गरेको स्मरण गर्दै यादवले त्यसपछि केशव बडालले नेतृत्व सम्हालेको बताए ।
त्यस्तै, कञ्चनजङ्घा टी स्टेटको स्थापना र सञ्चालनलाई उद्यमशीलताको उदाहरणका रूपमा प्रस्तुत गर्दै यादवले किसानको आर्थिक उत्थान र मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले बास्कोटाले काम गरेको उल्लेख गरे ।
उनले बास्कोटाको जीवनका विभिन्न पाटोलाई समेटेर पुस्तक तयार गर्ने सम्पादक तथा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । पुस्तकमा विभिन्न पुस्ताका व्यक्तिहरू, परिवारका सदस्य तथा छोरीहरूले समेत योगदान गरेको उल्लेख गर्दै उनले संकलन र सम्पादन कार्यको प्रशंसा गरे ।