• २०८३ मङ्सिर १३ गते शनिवार

आजको मौसमः हिमाली भागबाहेक अन्य भु-भाग घमाइलाे हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

May be a doodle of blueprint, map, shoes and text

दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस