• २०८३ मङ्सिर १२ गते शुक्रवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ४७, रातोबत्तीमा ३९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १०, अवस्था ठिक नभएको ३४ र अन्यमा ५६७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

 

Sharing

प्रतिक्रिया दिनुहोस