मंसिर ८, बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाबाट एक थान एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । केदारस्युँ गाउँपालिका–७, काँडाचौर निवासी बहादुर धामीलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०८३ मंसिर ८ गते बिहान करिब २:३० बजे धामीको घर तथा आँगनमा खानतलासी गर्ने क्रममा घरनजिकै रहेको खरको कुन्यूमा लुकाइछिपाई राखेको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक फेला परेको थियो ।
उक्त बन्दुक बरामद गरी धामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।