• २०८३ मङ्सिर ९ गते मङ्गलवार

नोभेम्बर २४ मा विश्वः शितयुद्द पछि पहिलाे पटक नाटाे राष्ट्रले खसाल्याे रूसी बिमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ८, काठमाडौं । नोभेम्बर २४ विश्व राजनीतिमा सत्ता परिवर्तन, शान्ति सम्झौता र ऐतिहासिक हत्याकाण्डजस्ता महत्त्वपूर्ण घटनाहरूका लागि परिचित छ। जसमध्य यस दिन सिरियाली सीमानजिकै आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोपमा टर्कीको सेनाले रुसको ‘सुखोई सु-२४’ लडाकु विमान खसालेको थियो। शीतयुद्धपछि नाटो  सदस्य राष्ट्रले रुसी विमान खसालेको यो पहिलो घटना थियो, जसले दुई देशबीच गम्भीर कूटनीतिक तनाव सिर्जना गर्‍यो।

स्पेनको राजगद्दीमा बुर्बन वंशको सुरुवात (सन् १७००) : फ्रान्सका राजा लुई चौधौँले आफ्ना नाति फिलिप (फिलिप पञ्चम) लाई स्पेनको राजा घोषित गरेका थिए। यस घटनाले युरोपको शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउनुका साथै ‘स्पेनी उत्तराधिकारको युद्ध’ निम्त्याएको थियो।

रोबर्ट सुम्यान फ्रान्सको प्रधानमन्त्री नियुक्त (सन् १९४७): युरोपेली एकताको मुख्य योजनाकार मानिने रोबर्ट सुम्यान फ्रान्सको प्रधानमन्त्री बनेका थिए। पछि उनकै पहलमा युरोपेली युनियनको आधारशिला  तयार भएको थियो।

ली हार्वे ओसवाल्डको प्रत्यक्ष प्रसारणमै हत्या (सन् १९६३) :  अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याको मुख्य अभियुक्त ली हार्वे ओसवाल्डलाई डालस प्रहरी मुख्यालयबाट जेल सार्ने क्रममा ज्याक रुबीले गोली हानी हत्या गरेका थिए। यो घटना टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो।

चेकोस्लोभाकियामा कम्युनिस्ट शासनको पतन (सन् १९८९) : ‘भेलभेट रिभोलुसन’ को तीव्र जनदबाबपछि चेकोस्लोभाकियाका कम्युनिस्ट पार्टी प्रमुख मिलोस याकेस र सम्पूर्ण नेतृत्वले सामूहिक राजीनामा दिएका थिए, जसले त्यहाँ दशकौँ लामो एकदलीय कम्युनिस्ट शासनको अन्त्य गर्‍यो।

टर्कीद्वारा रुसी लडाकु विमान खसालियो (सन् २०१५) : सिरियाली सीमानजिकै आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको आरोपमा टर्कीको सेनाले रुसको ‘सुखोई सु-२४’ लडाकु विमान खसालेको थियो। शीतयुद्धपछि नाटो  सदस्य राष्ट्रले रुसी विमान खसालेको यो पहिलो घटना थियो, जसले दुई देशबीच गम्भीर कूटनीतिक तनाव सिर्जना गर्‍यो।

कोलम्बिया सरकार र फार्क विद्रोहीबीच शान्ति सम्झौता (सन् २०१६) : कोलम्बिया सरकार र वामपन्थी विद्रोही समूह ‘फार्क’ बीच संशोधित ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यसले करिब ५० वर्ष लामो गृहयुद्धको औपचारिक अन्त्य गरेको थियो।

जिम्बावेको राष्ट्रपतिमा इमर्सन मनाङ्गाग्वाको शपथ (सन् २०१७) : ३७ वर्षसम्म एकछत्र शासन गरेका रोबर्ट मुगाबेको राजीनामापछि इमर्सन मनाङ्गाग्वाले जिम्बावेको नयाँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका थिए।

हङकङको स्थानीय निर्वाचनमा लोकतन्त्रवादीहरूको ऐतिहासिक जित (सन् २०१९) : हङकङमा महिनौँसम्म चलेको सरकारविरोधी प्रदर्शनपछि सम्पन्न जिल्ला परिषद् निर्वाचनमा बेइजिङ समर्थित उम्मेदवारहरूलाई पछि पार्दै लोकतन्त्र समर्थक उम्मेदवारहरूले करिब ९० प्रतिशत सिटमा विजय हासिल गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस