मंसिर ७, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज बढेको छ । आज सुनको मूल्य तोलाको ४८ सयले बढेर तोलाको दुई लाख ४७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३०६५ रुपैयाँमा कारोबार भएको थियो ।