• २०८३ मङ्सिर ५ गते शुक्रवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२४ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत २५, रातोबत्तीमा २० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३२, हर्न निषेधमा ६, अवस्था ठिक नभएको ६ जना लेन क्रस २ जना र अन्यमा ४७३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस