• २०८३ मङ्सिर ४ गते बिहिवार

भीमफेदीमा जीप दुर्घटना, तीनको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज(विहीबार) बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी काफ्लेले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस