• २०८३ बैशाख १७ गते बिहिवार

टोकियो ओलम्पिकः चीनको अग्रता कायमै, ४० देशले पदक जिते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौं । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक जापानको टोकियोमा जारी छ। जारी ओलम्पिकमा आइतबारसम्म कुल ३० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा १६ राष्ट्रले स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकको तेस्रो दिन कुल ४० राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ। चीनले आइतबारसम्म ६ स्वर्णसहित कुल ११ पदक जितेको छ। यस्तै आयोजक जापान ५ स्वर्णसहित कुल ६ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ।

अमेरिका ४ स्वर्णसहित कुल १० पदक जितेर तेस्रो स्थानमा रहदा दक्षिण कोरिया २ स्वर्णसहित ५ पदक जिदै चौंथो स्थानमा रहेको छ। ओलम्पिकमा आइतबारसम्म स्वर्ण जित्ने अन्य राष्ट्रमा इटाली, अष्ट्रेलिया,फ्रान्स, अष्ट्रिया, ट्युनिसिया, इक्वेडर,हंगेरी, इरान, कोसोभो, थाइल्याण्ड, उज्वेकिस्तान र रसियन ओलम्पिक कमिटि रहेका छन्।

नेपालबाट यस ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाएका छन्। दुई खेलाडी बाहिरिसकेका छन् ।

अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस