कात्तिक २९, दाङ । मुक्तिनाथ मन्दिर पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी सुरु गरिएको मुक्तिनाथधामको रथयात्रा आइतबार दाङ आइपुगेको छ । कार्तिक ७ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा देशका विभिन्न स्थान हुँदै दाङ आइपुगेको हो । दाङस्थित अम्बिकेश्वरी मन्दीरमा पुर्याइएको सो रथलाई मन्दिर परिषर भित्र केहीबेर राखेर पुजाआजाको अबसर उपलब्ध गराइएको थियो ।

अम्बिकेश्वरी मन्दीर नजिकको महदेवा गाउँका सबै घरहरुको अगाडी कलस राखेर रथको स्वागत गरिएको थियो । अम्बिेकेश्वरी मन्दिरपछि सो रथ दाङको अर्को धार्मिक स्थलका रुपमा रहेको पाण्डबेश्वर महादेवको मन्दिर धारापानीमा पुर्याइएको थियो ।
आइतबार बिहार सो रथलाई तुलसीपुरमा दर्शनका लागि केहीबेर राखिएको थियो । रथयात्रालाई भोली त्रीबेणीस्थीत गजेन्द्रमोक्ष धाममा पुर्याइने जानकारी अम्बिेकश्वरी मन्दिर संरक्षण तथा प्रबद्र्धन समितिका सहसचिव प्रदीप वेलबासेले दिए ।
गजेन्द्र मोक्षनाथमा धाममा एक महिनासम्म नाराणण भगवानलाई साखेर महायज्ञ संचालन गरिने छ । जाडो याममा भगवान नारायणलाई चिसोबाटो जोगाउन भन्दै नवलपरासीको त्रिबेणीस्थीत गजेन्द्र मोक्षधाममा ल्याउने चलन रहेको समेत बताइएको छ ।