• २०८३ कार्तिक २८ गते शुक्रवार

मोरङमा महिलाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, मोरङ। मोरङको केराबारी गाउँपालिका–२ फैबामा जंगलभित्र एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी मोरङका अनुसार अन्दाजी ३१–३२ वर्षीया पार्वती लिम्बुको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

स्थानीयले अर्धनग्न अवस्थामा जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ र शरीरमा बाहिरी चोटपटक नदेखिएको जानकारी दिए ।

विवाहित लिम्बूको पति–पत्नीबीच पटकपटक विवाद एवं झैझगडा हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको प्रहरी उपरीक्षक कटवालले बताए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस