• २०८३ जेष्ठ १९ गते मङ्गलवार

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । आज दिउँसो देशको पहाडि भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भू-भागका केहि स्थानहरु मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वीका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ। जसका प्रभावले देशको पश्चिम र पूर्वको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

महाशाखाले देशका पूर्वी र पश्चिमी भू-भागका थोरै स्थानहरु र मध्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस