कात्तिक २३, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनायो ।

जसमा राशिद खानले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । चितवनका रिजन ढकालले ३, सिकन्दर राजा र कमलसिंह ऐरीले २/२ विकेट हात पारे । चितवन चार खेलबाट ५ अंकसहित चौथो स्थानमा छ। काठमाडौं भने चार खेलबाट ३ जितका साथ दोस्रो स्थानमा छ । प्लेअफ स्थानमा पुग्ने सम्भावना जीवितै राख्न दुबै टोलीको लागि आजको खेल महत्त्वपूर्ण छ ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हरायो ।